संस्थाहरुसँग आबद्ध भई हामी उच्च शिक्षा प्रदान गर्दछौं। यी साझेदारीहरुले विद्यार्थीहरुलाई अत्याधुनिक ज्ञान, सीप, र स्रोतसाधनमा पहुँच प्रदान गर्दछ, जसले उनीहरुको व्यक्तिगत र व्यावसायिक विकासमा मद्दत गर्दछ।
स्थापना वर्षः गौरीशङ्कर प्राथमिक विद्यालय नामाकरण गरी प्राथमिक तह २०२९साल असोज ९ गते, निम्न माध्यमिक तह २०३३ असोज ९, माध्यमिक तह २०५७ जेठ ६, उच्च माध्यमिक तह २०६७ साउन १३ गते स्थापना भएको । २०७९ साल देखि कक्षा ९ बाट प्राविधिक धार कृषि वाली विज्ञान सञ्चालनमा आइ हाल कक्षा ११ सम्म पठन पाठन भइरहेको छ ।
विद्यालयको बारेमाः यो विद्यालय नेपालको सुदूरपश्चिम प्रदेश, कञ्चनपुर जिल्ला, पुनर्वास नगरपालिका वडा नं.५ मा अवस्थित छ।यो विद्यालय २८°३९` उत्तरी अक्षांश र ८०°२८` पूर्वी देशान्तरमा अवस्थित तथा सदमुकाम देखी ७४ कि.मी र कैलाली, धनगढीबाट १२ कि.मी दूरीमा रहेको छ ।
तत्कालिन समयमा पुनर्वास कम्पनीले वितरण गरेको जमीनमा यहाँका स्थानीय शिक्षाप्रेमी, समाजसेवी, बुद्धिजिवी तथा आम जनताको सक्रिएतामा निजीस्रोत बाट वि.सं. २०२९ साल असोज ९ गते बाट कक्षा १-३ सम्म संचालन हुनेगरी श्री गौरीशङ्कर प्रा.बि नाम राखी यस विद्यालयको स्थापना गरियो ।रा.शि.प.यो २०२८ लागु भैसकेपछि २०३० सालमा यस विद्यालयले सरकारी स्वीकृती प्राप्त गर्यो ।
हाल कुनै सूचनाहरू उपलब्ध छैनन् ।